इटहरी : नेपालले जारि गरेको नक्साबारे काग्रेस नेता डा. मिनेन्द्र रिजालसँग केही दिन अगाडी अन्तरवार्ता लिएका इन्डियन पत्रकार अर्बन गोस्वामी बिरुद्द मुद्दा चल्ने भएको छ ।

नेपालले चिनको इसारामा लिम्पियाधुरा सहितको नक्सा निकालेको भन्दै आक्रमक रुपमा प्रस्तुत भैरहेका पत्रकार गोस्वामीलाई इन्डियामा साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो ।

पत्रकार गोस्वामीले मुम्बई सुकुम्बासीबिरुद्ध टेलिभिजनमा प्रयोग गरेको तल्लो स्तरको भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । प्रहरीले आफूलाई समात्ने देखेपछि गोस्वामीले मुद्दा खारेजीको मागसहित दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको छ ।

रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उक्त टेलिभिजनका उनी मालिक र प्रधान सम्पादक समेत हुन् ।