धरान : धनकुटामा तेह्र वर्षिय बालिकालाई यौन शोषण गर्दै आएका धनकुटाका शिक्षक मदन अधिकारीलाई साधारण सदस्य समेत नरहने गरि नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कारवाही गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्र राईले आइतबार एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गम्भीर प्रकारको आरोप लागेको र उनी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका कारण उनको मुद्धाको किनारा नलागुञ्जेलसम्मका लागि पार्टीको साधारण सदस्यता समेत नरहने निष्कासन गरिएको जनाएका छन् ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् ।उनी पूर्व माओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । हाल उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

धनकुटा नगरपालिका वडा नंम्बर ६ आत्माराकी १३ वर्षीय दलित बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएको आरोप छ ।सो घटनाका आरोपित अधिकारी सहित धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

शिक्षक अधिकारीले परीक्षाको फाराम भर्न तिम्रो बुबाको नागरिकता चाहिएको छ ल्याएर आउनु भनेपछि नागरिकता बोकेर गएका बेला उनकै घरमा बलात्कार गरेको बालिकाले बताएकीछन् ।