धरान : लागु औषध सहित सुनसरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लकडाउनको निगरानी गर्न खटेको सुरक्षाकर्मीले गस्ती गर्नेक्रममा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानं. ६ मा को २२ प ७५३१ नम्वरको मोटरसाइकल सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका.वडा नं.३ शिबगन्ज टोल बस्ने वर्ष २४ को प्रभु नारायण यादव लार्ई नियन्त्रणमा लिई शरीर तथा उनले बोकेको रातो रङको कपडाको झोला खोली हेर्दा सो झोला भित्र अवैध लागु औषध डाईलेक्स डी.सी १०० एम.एल. लेखिएको १५ बोतल, नाईट्रोसन १० लेखिएको १० पतामा जसमा १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ पतामा २४ क्याप्सुल फेला परेको थियो ।

उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरिएको साथै र आइतबार जिल्ला अदालत सुनसरीमा पेस गरी हिरासतमा राखी अनुसन्धान गर्न दिन ७ (सात) को म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाकारी दिएको छ ।