इटहरी : इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै राईले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव भएन, मुख्यमन्त्री राईले कोरोना भाइरसको भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् ।

'विभिन्न धर्म, संस्कृति, भेषभूषा, रहनसहन र पहिचानको विविधिताले सम्पन्न हाम्रो मुलुकमा हरेक जातजाति र धर्मका आ-आफ्नै मौलिक संस्कृति र पहिचान छन्' मुख्यमन्त्री राईद्धारा जारी सन्देशमा भनिएको छ, 'नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने ईद उल फितर चाडको पनि आफ्नो छुट्टै पहिचान, मौलिकता र विशिष्टता रहेको छ ।'