धरान : सोमबार  नेपालमा थप ७२ जनामा कोरोना पुष्टी भएको छ ।

एक महिला सहित ७२ जनामा संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित पुष्टि भएकाहरु धनुषाका ३ जना पुरुष, कपिलवस्तुका ३ जना पुरुष, काठमाण्डौंका ३ जना पुरुष, बाराका २ जना पुरुष छन् भने रौतहटका २६ जना पुरुष छन् ।

यस्तै, सप्तरीका २ जना पुरुष, वर्दियाका १ जना पुरुष, बाँकेका ४ जना पुरुष छन् भने बाराका २१ जना पुरुष छन् । यसैगरि, दैलेखमा ६ पुरुष र एक महिला संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Corona-update-jestha-12