धरान : इटहरीका कोरोना सङ्क्रमित युवा सँग सम्पर्कमा आएकाहरूको आज पिसिआर परीक्षणका लागि थ्रोट स्वाब लिईदैछ ।

इटहरी २ का कोरोना सङ्क्रमित युवा धरान ११ मा मलामी आएको खुलेपछि धरान ११ र १७ नम्बर वडाका मलामी जानेहरुको अहिले थ्रोट स्वाब लिन लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

उनका अनुसार धरान ११ र १७ का ती सङ्क्रमित युवाका क्लोज कन्ट्याकमा रहेका ३५ जना र अरू १५ जनाको आरडिटी परीक्षण गरिने बताइएको छ । धरान १७ को वडाकार्यालयमा थ्रोट स्वाब लिइँदै छ ।

परीक्षण गर्नका लागि डेढ सय भन्दा बढीको नाम लिष्ट धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा आएको भए पनि अहिले भने आरडिटी र पिसिआर गरी ५० जनाको क्लोज कन्ट्याक र कन्ट्याकमा रहेकाहरूको परीक्षण गरिने महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।