धरान : इटहरीका सङ्क्रमित युवा सँग सम्पर्कमा रहेका २४ जनाको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

इटहरी २ का कोरोना सङ्क्रमित युवा धरान ११ मा मलामी आएकोले मलामीमा सहभागी भएका र सङ्क्रमित युवा सँग नजिकमा सम्पर्कमा रहेका र सम्पर्कमा रहेकाहरूको आज धरान १७ को वडा कार्यालयमा पिसिआर परीक्षणका लागि थ्रोट स्वाब लिनुका साथै आरडिटी परीक्षण गरिएको थियो ।

जस अनुसार पिसिआर परीक्षणका लागि ३५ जनाको थ्रोट स्वाब लिइएको र सङ्क्रमितको सम्पर्कमा रहेका भनिएका २४ जनाको आरडिटी परीक्षण गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

उनका अनुसार आज आरडिटी परीक्षण गरिएका २४ सै जनाको रिपोर्ट नेगेटिभ आएको छ भने थ्रोट स्वाबको स्याम्पल भन प्रतिष्ठानको प्रयोगशालामा पठाइएको छ । यसै गरी भोलि मङ्गलवार धरान १३ की सङ्क्रमितको क्लोज कन्ट्याकमा रहेका १५ जनाको थ्रोट स्वाब लिइने पनि महाशाखाका प्रमुख मेहेताले बताएका छन् ।