धरान : सुनसरीको कोसी गाउँपालिका १ बाट लागु औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलवार बिहान साँढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले कोसी गाउँपालिका १ लौकहीका २२ वर्षीय सोशिल साह, ३० वर्षीय अमन कुमार साह र १९ वर्षीय गणेश कुमार साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले डाईलक्स डी.सी. १०० को ४७ बोतल, नाईट्रोसन ९० ट्याब्लेट , स्पास्मोप्रोक्सिवन २३ ट्याब्लेट, खेलौना प्लास्टिकको पेस्तोल १ थान, कौडा २१ थान र मोबाइल २ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।