धरान : धरान १३ मा कोरोना सङ्क्रमित भेटिएपछि १३ नम्बर वडाका विभिन्न स्थानमा अहिले निर्मलीकरण सेनिटाइज गर्न थालिएको छ ।

कोरोना सङ्क्रमण देखिए पछि भोलिपल्ट देखि कोरोना सङ्क्रमित भेटिएको क्षेत्र शिव धारा, अमर हाट, कृषि बजार लाइन, कृषि बजार, अनाम टोल, देबीमार्ग, जानकी चौक, भृकुटी मार्ग, सुन्नीमा मार्ग, जनजागृति मार्ग र फुस्रे बजार लगायतका स्थानमा सेनिटाइज गरिसकिएको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

धरान १३ को विभिन्न जोखिम क्षेत्रहरूमा समेत सेनिटाइज गर्ने तयारी रहेको र आज मङ्गलवार जिरोप्वाईन्ट र मदनआश्रित मार्गमा सेनिटाइज गर्ने तयारी भइरहेको अध्यक्ष काफ्लेले बताए ।

Cenitige-1

४ दिन देखि निरन्तर जारी रहेको सेनिटाइज गर्ने कार्य १३ नम्बर वडाका सबै क्षेत्रमा गरिनुपर्ने माग आए पनि सके सम्म १३ नम्बर वडाको जोखिम क्षेत्र सबै ठाउँमा सेनिटाइज गर्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिएका छन् ।

उनका अनुसार सोडियम हाइपोक्लोराइडले सडकको दायावाया, सडक, सम्भावित थुकिएका क्षेत्रहरू र बढी मानिसको आउजाउ गर्ने क्षेत्रमा सेनिटाइज गरिनेछ । सम्भव भए सम्म धरानका अरू पनि ठाउँहरूमा सेनिटाइज गरिने बताइएको छ ।

Cenitige-3

१३ नम्बर मा १५ जनाको स्वाब लिने तयारी
धरान १३ शिवधारीका कोरोना सङ्क्रमित महिलासँग क्लोज कन्ट्याकमा रहेका १५ जनाको आज पिसिआर परीक्षणका लागि थ्रोट स्वाब सङ्कलनको तयारी भएको छ ।

आज अपराह्न स्वास्थ्यकर्मीको टोली शिव धारा क्षेत्रमा पुगेर थ्रोट स्वाब लिने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।