धरान :गत साउन महिना देखि इलाका प्रहरी कार्यालय रंगेलीमा प्रहरीको कमाण्ड सम्हालेका  इन्स्पेक्टर लेखनाथ दाहाल मोरङका उत्कृष्ट प्रहरी घोषीत भई पुरस्कृत भएका छन ।

जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी संगठनमा सवै प्रहरीको कार्य संम्पादनको मुल्याङकन गरी प्रत्येक महिना एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरी संम्मान गर्ने परम्परा अनुसार २०७७ साल बैशाखमा रंगेलीका ईन्स्पेक्टर दाहाललाई प्रशंशा–पत्रद्धारा संम्मान गरीएको हो ।

गत साउन महिना देखि रंगेली प्रहरीको कमाण्ड सम्हालेका ईन्स्पेक्टर दाहालले दश महिनाको अवधीमा उक्त क्षेत्रका जनप्रतिनिधी सगको समन्वय गरी प्रहरी संगठनको आदेश पालना गरी गराई प्रभावकारी शान्ति सुरक्षा कायम, लागु औषध नियन्त्रण सगै फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयन गराएका उनलाई प्रदान गरीएको जिल्ला प्रहरी कार्यालय मोरङका एस .पी विश्व अधिकारीले हस्ताक्षर गरेको प्रशंशा–पत्रमा उल्लेख गरीएको छ ।dahal-2

यसै गरी ईन्स्पेक्टर दाहालले मुलुकमा आएको कोरोना भाईरसको नियन्त्रणका क्रममा सचेतनाको लागि हेल्प डेक्सको स्थापना, क्यारेनटाईन निर्माणमा स्थानिय पालीकाहरु सग समन्वय, नागरिकलाई लकडाउनको पालना सहितका कार्यमा समेत प्रशंशनियपूर्ण कार्य गरेकोले संगठन एवं प्रहरीको मनोवल बढाउन संम्मान गर्ने परम्परा विगतका बर्ष देखि नै गरीदै आएको मोरङ प्रहरीले जनाएको छ ।