इटहरी : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक आव्हान गरिएको हो ।

बैठकमा संविधान संशोधन र कोरोना भाइरसको संक्रमण रोकथामबारे छलफल हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठकमा हुने छ । भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अध्यावधिक गरेपछि सोहीअनुसार निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएकाे छ ।