झापा : झापाको गौरादह नगरपालिकामा २ र कचनकवल गाउपालिकामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना पुष्टी भएको हो ।

गौरादह ७ मा रहेको क्वारेन्टाइनमा रहेका दुइ जनामा कोरोना पुष्टी भएको गौरादह नगरपालिकाका स्वास्थ्य साखा प्रमुख पर्शुराम भट्टराईले बताए । गौरादहको क्वारेन्टाइनमा रहेका २० जनामा गरिएको परिक्षणमा २ जनामा कोरोना देखिएको हो ।

त्यसैगरि प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिकामा १५ जना र झापाकै गाैरदह नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे हाे ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या एकसय नाघेको छ । झापामा १७ जना थप भएसँगै प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।