धरान : कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा ८ सय ८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हिजो देखि बुधवार ४ बजे सम्ममा नयाँ सङ्क्रमितको सङ्ख्या १ सय १४ पुगेको जानकारी दिएका छन् । जसमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरी जिल्लाका ११ जनाको कोरोना पोजेटिभ देखिएको छ ।

उनीहरू सप्तरीको बोदेबर्साईन नगरपालिका १८ वर्ष देखि ५६ वर्ष उमेरका ८ जना पुरुष, बालन विहुल गाउँपालिकाका १७ वर्षीय महिला र २९ वर्षीय पुरुष गरी २ जना र सुरुङगा नगरपालिकाका २९ वर्षीय १ जना पुरुष रहेका छन् । यसै गरी कोसी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जस मध्ये सबै जना झापा जिल्लाका रहेका छन् । झापा जिल्लाको गौरादहन नगरपालिकाका २६ र ४१ वर्षीय पुरुष गरी २ जना, झापाको कचनाकवल गाउँपालिकाका १९ देखि ५७ वर्ष उमेर समूहका १५ जना पुरुष रहेको बताइएको छ ।

यसै गरी हेटौडामा गरिएको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जस मध्ये मकवानपुर हेटौडाका २५ वर्षीय महिला, रौतहट गढीमाई नगरपालिकाका १७ देखि २९ वर्ष सम्मका ७ जना पुरुष रहेका छन् ।

पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ तमानखोला गाउँपालिकाका ४ जना २१ देखि २७ वर्षीय पुरुष, बागलुङकै बढी गाउँपालिकाका १९ र २० वर्षीय २ जना पुरुष रहेका छन् । त्यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जस मध्ये रुकुम पूर्व उत्तर गङ्गा गाउँपालिकाका १५ वर्षीय महिला, १८ र २३ वर्षीय पुरुष ३ जना, दाङ घोरहीका २४ देखि ४२ वर्ष उमेर समूहका ७ जना, दाङकै लमही नगरपालिका १७ देखि ३० वर्ष उमेर समूहका ७ पुरुष र १ महिला सहित ८ जना रहेका छन् ।

त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जसमध्ये वाकेको डुडुवा गाउँपालिकाका २१ र ३० वर्षीय पुरुष २ जना, वाकेकै राप्ती सोनारी गाउँपालिका १९ देखि ४० वर्षीय पुरुष ७ जना, वाकेकै बैजनाथ गाउँपालिकाका २४ देखि ४६ वर्षीय पुरुष ६ जना, वाके खजुरा गाउँपालिकाका १ जना २९ वर्षीय पुरुष रहेका छन् ।

त्यसै गरी राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जस मध्ये सिराहा सिद्धिचरणका ३९ वर्षीय पुरुष १ जना, सिराहा स्थायी ठेगाना भएका हाल रुपनी सप्तरीमा रहेका १ जना ३५ वर्षीय पुरुष, बाराको प्रचौता नगरपालिका ५२ वर्षीय १ महिला सहित २२ देखि ४० वर्षीय पुरुष ६ जना गरी ७ जना, त्यसै गरी रौतहटका हाल बारामा रहेका ४१ वर्षीय पुरुष १ जना, रौतहटकै गौरका ३५ वर्षीय १ जना महिला र १८ वर्ष देखि ३० वर्षीय ७ जना पुरुष गरी ८ जना, रौतहटकै देवाहीगुनाही नगरपालिकाका २१ र ३५ वर्षीय पुरुष २ जना, रौतहट कटारीयन नगरपालिका २७ र ३६ वर्षीय २ जना पुरुष, रौतहटकै श्री जनता सेकेण्डरी स्कुलमा गरिएको परीक्षणमा १७ देखि ५० वर्ष उमेरका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने रौतहटकै मदरसाका १३ र ३५ वर्षीय पुरुष २ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले सम्म नेपालमा कुल कोरोना सङ्क्रमित मध्ये पुरुष ७ सय ९६ जना र महिला ९० जना गरी जम्मा ८ सय ८६ जना सङ्क्रमितको सङ्ख्या पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।