धरान : धरान १३ की कोरोना सङ्क्रमितसँग क्लोज कन्ट्याकमा रहेकाहरूको पिसिआर रिपोर्ट सबैको नेगेटिभ आएको छ ।

धरान-१३ शिव धाराकी कोरोना सङ्क्रमित सँग क्लोज कन्ट्याकमा रहेकाहरूलाई थ्रोट स्वाब को नमुना लिइएको थियो । यसै गरी कन्ट्याकमा रहेका १४ जनाको आरडीटी परीक्षण गरिएको थियो । सबै जनाको कोरोना नभएको कोरोना नेगेटिभ रिपोर्ट आएको धरान-१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

यसै गरी इटहरीका सङ्क्रमित युवा सँग क्लोज कन्ट्याक र कन्ट्याकमा रहेका धरान ११ र १७ का ३५ जनाको थ्रोट स्वाबको नमुना लिइएकोमा अहिले सम्म ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।

जेठ १२ गते धरान ११ र १७ मा र १३ गते धरान १३ मा नमुना सङ्कलन गरिएको थियो ।

धरान १३ की र इटहरीका सम्पर्कमा रहेका सबैको आरडिटी रिपोर्ट र अहिले सम्म आएको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।