इटहरी : खप्तडी बस्नेत वंश वत्छला कुल पुजा समिति इटहरी १७ बिसनपुर ले इटहरी अस्पताललाई ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्षिम गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन । संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पूजाको समयमा सबै बस्नेत बन्धुहरूको तर्फबाट सहयोग गरिएको बताए । उपप्रमुख लक्ष्मी गौतमले यस्तो महामारीको वेला गरिएको सहयोगको ठुलो महत्त्व हुने बताउँदै धन्यवाद ज्ञापन गरे ।