धरान : नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेश १ महासघंले ईलाम जिल्लाका लागी २० थान पिपिई र ५ हजार थान मास्क प्रदान गरेको छ ।

उक्त सामग्री जिल्ला प्रशासन कार्यलय ईलामको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र सशस्त्र प्रहरी उपरीक्षक रोसन श्रेष्ठलाई प्रदान गरिएको थियो । संयोजक शाक्य सहित कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा सामग्री प्रदान गरेका थिए ।सामग्रीको करिब १ लाख २६ हजारको मुल्य परेको महासंघका प्रदेश संयोजक विसन शाक्यले बताएका छन ।

प्रजिअ सेडाईले अहिलेको विषम परिस्थितिमा महासंघले स्वास्थ्यकर्मीका लागी पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट( पिपिई) र माक्स सहयोग गरेकोमा धन्यवाद दिएका थिए । पिपिई र मास्क ईलामको सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेको काम गर्ने चिकित्सकहरूलाई प्रदान गरीने उनले बताए ।

महासंघको प्रदेश कमिटीका विशेष सल्लाहकार तारा सापकोटाको सल्लाह, सहयोग र समन्वयमा वितरणको कार्य सफल भएकोमा महासंघका संयोजक शाक्यले उनलाई धन्यवाद दिएका थिए । यस अघि महासंघले धरानको विपी कोइराला स्वास्थ प्रतिष्ठानको र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कार्यरत चिकित्सकहरूको लागी मास्क र पिपिई प्रदान गरिसकेको उनले बताए ।