धरान : मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेमा एक युवाले इँटा प्रहार गरी आमाको हत्या गरेर आफैले घाँटी रेटेर घाइते भएका युवाको उपचारका क्रममा सामुदायिक नोबेल अस्पताल बेलबारीमा मृत्यु भएको छ ।

बिहीबार १० बजे खाना खाने क्रममा भान्सामा रहेको इँटा प्रहार गरी ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको ३१ वर्षीय जीवन लिम्बूले आमाको हत्या गरेपछि डरले ५ मिनेटमानै जीवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले आफ्नो घाँटी रेटेर घाइते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीका सइ रमेश प्रधानले बताए ।

सइ प्रधानका अनुसार घाइते जीवनको उपचारका क्रममा सामुदायिक नोबेल अस्पताल बेलबारीमा मृत्यु भएको हो । जीवन लागूऔषध दुर्व्यसनीमा फसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आमाछोरा बीच सामान्य विवादका क्रममा जीवनले इँटा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुबैको शव पोष्टमार्टमका लागि मङ्गबारे अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।