इटहरी : आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट पेस गर्दै अर्थमन्त्रि युवराज खतिवडाले स्वास्थ्यकर्मीलाई निशुल्क ५ लाखको बिमा गर्ने बताएका छन् ।

खतिवडाले तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट छुट्याएको बताएका छन् ।

स्वास्थ्य पूर्वाधार विकासका लागि सरकार १२ अर्ब ४६ करोड छुट्याएको छ । सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला बनाउने घोसणा गरेका खतिवडाले स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड रकम छुट्याएको बताए ।

खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कुल बजेट ९० अर्ब ६९ करोड पुर्याएका छन् ।