इटहरी : आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट पेस गर्दै अर्थमन्त्रि युवराज खतिवडाले ३ बर्ष भित्र सबैको स्वास्थ्य बीमा गरि सक्ने बताए ।

बिहिबार संघिय संसदको संयुक्त बैठकमा खतिवडाले ३ बर्ष भित्र सबैको स्वास्थ्यबिमा गर्ने बताएका हुन् ।

सबै स्थानीय तहका ४० प्रतिशतलाई यो बर्ष स्वास्थ्य विमाको दायरामा ल्याउने उनले बताए । यो कार्यक्रमका लागि सरकारले ७ अर्ब छुट्याएको छ ।

त्यसैगरि कोरोना बीमाको प्रिमियममा ५० प्रतिशत सरकारले तिर्ने खतिवडाले बताए ।