धरान : धरान -१५ बगरकोट पुलपारीका  युवा माथि साङ्घातिक आक्रमण भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका राजेन्द्र राई र विजय तामाङले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । संघले धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बूको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ । धरान-१५ बगरकोट पुलपारी भिन्टेज रिसोर्ट अगाडि धरान उपमहानगरपालिकाको गिटी, बालुवा निकासीको कर काट्ने क्रममा सुमन धामी र मन्दिप राईमाथि १२-१५ जनाको समूहले साङ्घातिक आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार देउरालीमा खटिएको पुलिसलाई जानकारी आए पछि धामी र राईमाथि १२–१५ जनाको समूहले साङ्घातिक आक्रमण गरेको अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।