धरान : गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका नवराज विकको अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा घटनाका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै बिहिबार धरानमा र्‍याली सहित प्रर्दशन भएको छ ।

बिहिबार दिउँसो धरानको छाताचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शनसहितको र्‍याली निकालेको हो । र्‍याली प्रर्दशनमा दलित संघसंस्था, आदिबासी जनजाति, विद्यार्थी तथा राजनीतिककर्मी ब्यापारीहरुको पनि सहभागिता रहेको थियो ।धरानमा भएको प्रर्दशनमा लकडाउनको पालना कतै नभएको र प्रहरीको हस्तक्षेप नभएकाले स्वतःस्फुर्त ढङगबाट प्रर्दशन सम्पन भयो ।

jpt 2

प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले निकालेको शान्तिपूर्ण र्‍यालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए ।

छाताचोकदेखि शुरु भएको र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मी एवं अगुवाहरुले सम्बोधन गर्दै हत्या घटना दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका थिए । साथै उनीहरुले मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गरेका छन् । कोणसभालाई अधिकारकर्मीहरु डिबि साहशंकर, गोविन्द विश्वकर्मा, तारा लामगादेले  सम्बोधन गरेका थिए ।

कोणसभापछि उनीहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । इलाका प्रशासन कार्यालयको प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै कार्कीले १० मिनेट भित्र गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउने बताउदै कार्कीले ५ जनाको छानबिन समिति गठन भइसकेकोले यथार्थ बाहिर चाडै आएर दोषीलाई कारबाही हुने विश्वास व्यक्त गरेका थिए । jpt 1