इटहरी : उच्च अदालत बिराटनगरले जेल सजाय तोकेको गुलेफुन मिया खातुन अझै बहालवाला संसदको हुन् । उच्च अदालत विराटनगरले गत पुस ६ गते खातुनलाई जग्गा किर्ते गरेको आरोपमा एक वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतले जेल सजाय सुनाएको सांसद खातुन अहिले प्रचलित कानुन अनुसार फरार रहेकी छिन् । तिनै फरार रहेकी खातुन बुधबार भने प्रदेशसभामा उपस्थित भइन् । खातुन सांसद मात्र हैन अदालबाट एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजाय तोकिएकी फरार व्यक्ति पनि हुन् जो बुधबार प्रदेशसभा सचिवालयमा प्रवेस गरिन् ।

बुधबारबाट सुरु भएको प्रदेशसभाको बजेट अधिवेसनमा खातुनले सांसदहरु उपस्थितिमा हाजिर गरेर बाहिर निस्किएकी थिइन् । प्रहरीको फरार सुचिमा रहेकी खातुन प्रदेशसभाको बैठकमा आउदा कसैले रोकतोक भने गरेन ।

सुरक्षाकर्मीहरुको बाक्लो आउजाउ र प्रदेशसभा भएकै कारण सो क्षेत्रमा प्रहरीको राम्रो निगरानी हुन्छ । तर सो निगरानि सांसद खातुनलाई पक्राउ गर्न भने असफल भयो ।

प्रदेशसभा भवन छिर्दै केरकार गर्ने प्रहरीलाई खातुन फरार भएको थाहा पनि नभएको हैन । तर प्रवेश गर्दा त्यहाँ खटिएका सुरक्षाकर्मीले नचिने जस्तो गरे । न प्रदेशसभा सचिवालयले उनलाई रोक्यो नत प्रहरीले नै पक्राउ गर्‍यो ।

प्रहरीले मात्र हैन स्वयम प्रदेशसभा सचिवालय निलम्बन गर्नु पर्ने सांसदको बिसयमा तर्किदै आएको छ । नेपालको संविधानले नैतिक पतन हुने फौजदारी कसुरमा सजाय पाएको व्यक्तिलाई प्रदेश सभा सदस्य बन्न नसक्ने स्पस्ट परेको छ । संबिधानको धारा १८० ले योग्यता नभएमा वा नरहेमा समेतका अवस्थामा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने व्यवस्था उल्लेख छ।

संविधान मात्र हैन प्रदेश एकको प्रदेशसभाले आफैँ बनाएको नियमावलीले पनि कैद सजायको अवधिभरि सांसद पदबाट निलम्बन हुनु पर्ने बताएको छ । त्यस्ता सजाय पाएका सांसदहरुलाई सभामुखले निलम्बन गर्नुपर्ने स्पष्ट पारेको छ ।

नियमावलीको पहिलो संशोधनमा थप गरिएको दफा १९० को उपदफा ४ भन्छ ’....कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैद सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधि भरी र कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभरि त्यस्तो सदस्यलाई सभामुखले निलम्बन गर्नु पर्ने छ।’

तर सभामुख खातुनलाई दोषी ठहर गरेको कुनै आधिकारिक जानकारी अदालतबाट नआएको र सम्बन्धित दलले पनि प्रमाणित नगरेका कारण उनको सांसद पद यथावत रहेको बताउदै आएका छन् ।

नेकपाबाट समानुपातिकतर्फ निर्वाचित भएकी सांसद खातुनलाई अदालतले दोषी ठहर भएको लामो समय सम्म संसद आउने गरेको भएपनि चौतर्फी विरोध भएपछि २०७६ पुसदेखि उनी फरार बनेकी थिइन्। खातुन फरार भएको बिसयमा गत फागुनमा कांग्रेस सचेतकले सांसद हराएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।