धरान : सप्तरी जिल्लामा बिहीबार साँझ फेरी थप ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यी थपिएका पछिल्ला ४ जना सहित सप्तरीमा सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादबले दिएको जानकारी अनुसार बिहीबार साँझ थप ४ जना पुरुष सप्तरी राजविराज १० का बासिन्दामा कोरोना पुष्टि भएको छ । उनीहरूको स्वाब परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको थियो । नयाँ थपिएका सङ्क्रमितहरू पनि भारतबाटै आएको प्रमुख यादबले बताए ।

कोरोना सङ्क्रमित बढेको बढ्यै भएकोले अहिले सप्तरी जिल्लामा कोरोना सङ्क्रमितहरूलाई उपचारका लागि राख्ने ठाउँको अभाव भएको छ । उनीहरूलाई भोलि सम्म उनीहरू बसेको क्वारेनटाइनमै राख्ने र भोलि शुक्रवार देखि राजविराज स्थित शाही कृष्ण प्रतावित मेडिकल कलेजमा तयारी हुदे गरेको आइसोलेसनमा राख्ने स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।