पथरी : पथरीशनिश्चरे नगरपालिकाले सुरुवात गरेको ‘होल्डिङ्ग एरिया’मा विहिवार सम्ममा ३४ जनालाई राखिएको छ ।

भारतवाट रोजगारी गरि फर्किएका र नेपालकै अन्य क्षेत्रवाट आएका पथरीशनिश्चरे नगरभित्रकालाई ‘होल्डिङ्ग एरिया’को ‘क्वारेन्टिन’ मा राखिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन नगरले पथरी बहुमुखी क्याम्पसमा ‘होल्डिङ्ग एरिया’सुरु गरेको छ । ‘क्वारेन्टिन’ मा विहिवारसम्म ३४ जनालाई बसाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाए ।

भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा क्याम्पसमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।

‘क्वारेन्टिन’ का लागि पथरीका विभिन्न अस्पतालले बेड प्रदान गरेको छ ।