इटहरी : झापामा शुक्रबार थप २८ जनामा कोरोना पुष्टि भएको छ । कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापामा २८ जना मध्ये कोरोना पुष्टी हुनेमा कचनकवल गाउपालिकाका मात्र २७ जना रहेका छन् । जसको परिक्षण कोशी अस्पतालमा भएको थियो ।

त्यसै गरि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।