धरान : २४ घण्टामा नेपालमा थप १ सय ७० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार २ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ११ सय ३ जना पुरुष र १ सय ९ जना महिला गरी नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १ हजार २ सय १२ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । ती मध्ये झापाको कचनाकबल गाउँपालिकाका २७ जना १८ देखि ५४वर्षका पुरुष रहेका छन् ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरी राजविराजका ४ जना २० देखि २६ वर्षका पुरुष र झापा भद्रपुरपुरका ३५ वर्षीय १ जना पुरुष रहेका छन् ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा गरिएको परीक्षणमा ९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । जसमध्ये बारा प्रचौताको राष्ट्रिय माविको क्वारेनटाइनमा बसेका ४ जना २७ देखि ४५ वर्षीय पुरुष, पर्सा पोखरियाका ४ जना २१ देखि ४२ वर्षीय पुरुष र पर्साकै जिरा भवानीका १ जना ३४ वर्षीय पुरुष रहेका छन् ।
यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको कोरोना पोजेटिभ भेटिएको छ । उनी सर्लाही घर भएका पाटन अस्पतालकै ३१ वर्षीय महिला कर्मचारी रहेको बताइएको छ ।

गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १ जना कोरोना सङ्क्रमित भेटिएका छन् । उनी म्याग्दी मालिकाका ३० वर्षीय पुरुष हुन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जना कोरोना सङ्क्रमित भेटिएका छन् । जसमध्ये बाके डुडुवाका १० जना १७ देखि ४१ वर्षीय पुरुष रहेका छन् ।
भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जसमध्ये कपिलवस्तु नगरपालिकाका ४ जना २३ देखि २६ वर्षीय पुरुष, नवलपरासी वर्दाघाट सुस्तापुर्व देबचुलीका २ जना १९ देखि २१ वर्षीय पुरुष रहेका छन् ।
यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जसमध्ये कपिलवस्तुको यसोधारा भृकुटी मावि कृष्ण नगरको क्वारेनटाइनमा रहेका २३ जना ७ वर्षीय बालक देखि ५२ वर्षीय पुरुष रहेका छन् । रौतहट राजपुरको जनता मावि डुमरियाको क्वारेनटाइनमा रहेका ५६ जना २ जना बालिका सहित ५४ जना पुरुषहरू रहेका छन् । सङ्क्रमित पुरुषहरूको उमेर २२ देखि ७० वर्षको रहेको छ ।

यस्तै सर्लाहीको मलंगवाका ४ जना १९ देखि ३० वर्षका ३ जना पुरुष र १ जना महिला रहेका छन् ।
यस्तै रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जसमध्ये कपिलवस्तुको गौतमबुद्द माविको क्वारेनटाइनमा रहेका १५ जना १७ देखि ४४ वर्ष उमेरका पुरुष रहेका छन् भने रुपन्देहीको सैनामैनाका १ जना २७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जसमध्ये दाङ गढवाका २ जना २८ र ४१ वर्षीय पुरुष, कपिलवस्तु विजय नगरका ९ जना १७ देखि ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।