इटहरी : कोरोना संक्रमणको कारण नेपालमा छैठौं व्यक्तिको मृत्यु भएको छ ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

भारतबाट आएका उनको बिहीबार राती निधन भएको थियो । उनको मृत्युपछि आएको कोरोना परीक्षणको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।