इटहरी : प्रदेश एकको प्रदेशसभामा विदेशबाट आउने युवालाई सीमामा काडेतार लगाउन परिचालन गर्नु पर्ने माग उठेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रतापप्रकाश हाङगामले विदेशबाट फर्केर आउने युवालाई नेपाल-भारत सीमामा काँडेतार लगाउन परिचालन गर्नु पर्ने माग राखेका हुन् ।

चालु बजेट अधिवेसनको शुक्रबारको बैठकमा उनले कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर नेपाल फर्किरहेको बेला युवालाई रोजगारी दिन सीमामा काँडेतार लगाउने जिम्मा दिनु पर्ने बताए ।

'खाली राख्‍न पर्ने ठाउँमा खाली छाडेर अरुतिर काँडेतार लगाउनैपर्छ । त्यही कार्यमा श्रम गर्न विदेशबाट आउने युवालाई खटाउनुपर्छ ।"

सीमा खुला भएको बताउदै खुला सीमा व्यवस्थापनमा ढिलो गर्न नहुने हाङगामले बताए ।