धरान : धरान १७ रेल्वेबाट आफ्नै १४ बर्षिय  छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

छोरीकी आमाले इलाका प्रहरी कार्यालय धरानमा शुक्रवार किटानी जाहेरी दिएपछि घट्नामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तका दुई श्रीमती रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय धरानले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।