धरान : शुक्रवार राति झापाको कचनाकवल गाउँपालिकाका नयाँ कोरोना सङ्क्रमित २७ जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकोमा शनिवार बिहान सम्म उनीहरू अस्पतालको गेटमै बस्नुपरेको छ ।

यसरी रातभरि उनीहरू अस्पतालमा भर्ना नभई अस्पताल बाहिर गेटमै बस्नुपर्ने पिडा र एउटा बसमा कोचिएर बस्दाको अर्को पिडा छ भयो नै । अझ उनीहरू रातभरि बस्दा पेईङ वार्डको बाहिर शौचालय नभएको कारण सङ्क्रमितले अस्पताल बाहिर नै दिशा पिसाब गरिरहेको स्रोतले बताएको छ ।

जबकि बिरामी हिँडेको अवस्थामा त उ हिँडेको ठाउँमा सेनिटाईज गर्नुपर्ने हुन्छ । तर अहिले सङ्क्रमितले बाहिरै दिशा पिसाब गरेका छन् यसबाट कत्तिको जोखिम हुन्छ त ? यसबारेमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।