धरान : मोरङको उर्लाबारी घर भएकी तेह्रथुम सन्तोषी होटलमा २४ बर्षीय एक युवतीको शब फेला परेको छ ।

मेन्छयाम गाउँपालिकाकोमा प्राईमरी हेल्थ सेन्टरमा अनमिको रुपमा कार्यरत रहेकी तनुजा कार्कीको शव म्याङ्लुङ बजार स्थित सन्तोषी होटेलमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा जेठ १३ गते मंगलबार  फेला परेको हो।

युवतीको साथमा उक्त होटेलमा नुवाकोट घर भएका ३७ बर्षीय खम्बासिहं तामाङ पनि रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्र.ना.उ नविन किशोर प्रधानले जानकारी दिए।

तामाङ बिगत ४ दिन देखि होटेलमा संगै थिए । तामाङलाई  पक्राउगरी  अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

जेठ १३ गते बिहान दुवैले संगै खाना खाएर तामाङ काममा गएको र कार्की कोठामा नै रहेकी थिइन् । अपरान्ह तामाङ आएपछि उनले ढोका नखोलेपछि उनले ढोका फोडेर हेर्दा सलको पासो लगाएर झुण्डिएको अबस्था देखेपछि स्थानीयलाइ बोलाएको प्रारम्भिक अनुसन्धान बताएका छन।

पोष्टमाटमको रिपोर्ट पछी थप अनुसन्धानमा सहज हुने प्रहरीले जनाएको छ ।