धरान : सुनसरीको बराहक्षेत्र ३, बांगेबाट झापाको दमक बसाई सरेका ३७ बर्षीय कमल राईको  हत्यामा संलग्न गणेश र प्रदीपलाइ म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आशंकामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । वराहक्षेत्र ३ कै प्रदीप राजधामी र गणेश  लिम्बूले अनुसन्धानको क्रममा पूर्व रिसिइबीका कारण असारे जातको लौरोले हिर्काएर कमलको संवेदनशील अङ्ग, टाउँकोमा लागि हत्या गरेको खुल्न आएको हुदा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जननाकारी दिए ।

उनीहरूले प्रयोग गरेको दुई थान असारे जातको लौरो बरामद गरिएको प्रहरीले  बताएको छ । राई झापाको दमक स्थायी घर भई पत्नी मधु राईसँग वराहक्षेत्र-३ भानुचौकमा गत फागुनदेखि बस्दै आएका थिए ।