धरान : मोरङको बिराटनगर महानगरपालिका१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

जेष्ठ १८ गते बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा बिराटनगर महानगरपालिका १४ का ४१ बर्षीय संजय यादवलाई डाईलक्स डि.सी १०० MLको ३१ बोतल,  spas-tirancan Plus (स्पास्मोप्रोक्सिवन) १४३ क्याप्सुल, नाईट्राभेटचक्की सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरी जनाएको छ ।