धरान : पछिल्लो २४ घण्टाको अवधिमा थप १ सय ६६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिएका छन् ।