इटहरी : कोरोना संक्रमणको कारण गत २४ घण्टामा २ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको अनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको हो ।

मन्त्रालयको अनुसार शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो। त्यसैगरि, आइतबार बिहान बाजुरामा ज्यान गुमाएकी २ बर्षकि बालिकामा कोरोना संक्रमणपुष्टी भएको थियो।

जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

यसैगरी मन्त्रालयको अनुसार आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो संगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको हो।

मन्त्रालयको अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।