धरान : मोरङ विराटनगरस्थित बालसुधार गृहमा कैद सजाय भोगिरहेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ ।

ताप्लेजुङको मौवा खोला गाउँपालिका–४ का कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका १७ वर्षीय विनम सावाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

राईका अनुसार बालसुधार गृहमा उनी २०७६ पुस २६ गतेबाट कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङले उनी विरुद्ध १६ वर्ष कैद सजायको फैसला गरेको थियो ।

झाडापखाला हुनुका साथै वान्ता भएपछि उनलाई शनिवार विराटनगरको नोबेल मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि विनमको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको जानकारी चिकित्सकले गराएको राईको भनाइ छ ।