धरान : सप्तरीमै कोरोना परीक्षण हुने भनिएकोमा अहिले सम्म पिसिआर ल्याब सञ्चालनमा आउन सकेको छैन ।
सप्तरीमा सङ्कलन गरिएका थ्रोट स्वाबको नमुना सबैको अझै परीक्षण भई नसकेकोले गर्दा अहिले स्वाब लिन नै बन्द गरिएको छ । तीन दिन देखि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर मेसिन इन्स्टल भएर पनि पटक पटक इरर देखाएको र अहिले ट्रायल कम्प्लिट हुनेक्रममा रहेकोले भोलि या पर्सि सम्ममा सञ्चालनमा आउन सक्ने गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमनलाल दासले बताए ।
पिसिआर मेसिन सेट अप गरेर इन्स्टल भइसकेको र ट्रायल कम्प्लिट हनेक्रममा रहेकोले सप्तरी मानै कोरोना परीक्षण हुने भएको छ । तर पटक पटक ट्रायल कम्प्लिट हुनेक्रममा समस्या आएकोले अरू तिरका ल्याबहरुसंग समन्वय भइरहेको मेसु दासले बताए ।

पिसिआर मेसिन सञ्चालनमा आए एक लटमा ९६ वटा स्याम्पलको परीक्षण गर्न सकिने बताइएको छ । सप्तरीमा भारतबाट आउने सप्तरीवासीहरू धेरै भएको र क्वारेनटाइनमा बस्नेहरू पनि धेरै भएकोले अहिले तुरुन्त स्वाबको नमुना लिन सबै तिरबाट दबाब आइरहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए । सङ्कलन गरिएका स्वाबको नमुनाको अझै परीक्षण नभइरहेकोले र ल्याबहरूले स्याम्पल लिन नमानेकोले केही दिन देखि सप्तरीमा स्वाबको नमुना लिन बन्द गरिएको छ ।

सप्तरीको राजविराजमै कोरोना परीक्षण गर्ने ल्याब सञ्चालनमा आए पछि मात्रै अरू स्वाब लिने कि भन्ने कुरा भइरहेको बताउँदै बुधवार देखि स्वाब सङ्कलन थाल्नुपर्छ की मेसु डा. सुमनलाल दासले बताए । सबै तिरबाट स्वाबको नमुना लिन दबाब आइरहेकोले सम्भव भए सम्म बुधवार देखि सुचारु गर्नेकी भन्ने बारेमा जिल्लामा कुरा भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले पनि कपुरी न्युजलाई बताए ।