धरान : उपचारको क्रममा कोरोना पोजेटिभ देखिएकी बालिका रहेको वार्डका बिरामी कुरुवाहरूले आफ्नो पनि पिसिआर परीक्षण गरिदिनुपर्छ भन्दै प्रतिष्ठानको ओपिडीको टिकट काउण्टरमा अवरोध गरेका छन् ।

अर्थाे अव्जरभेसनमा उपचारका लागि आएकी बालिकालाई कोरोना पोजेटिभ भएपछि सो वार्डमा अरू बिरामी र बिरामीका कुरुवाहरूको पनि पिसिआर परीक्षण गरिनुपर्ने भन्दै उनीहरूले माग गर्दे ओपिडीको विल काउण्टरमा अवरोध गरेका हुन् ।

यसबारेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझ्दा सङ्क्रमित बालिकालाई आइसोलेसनमा कोरोना पुष्टि भएकै दिन सिफ्ट गरिएको र बाँकी अर्थाे अव्जरभेसन वार्डकै बिरामीहरूको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आईसकेको छ ।

नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार अरू बिरामीका कुरुवाको पिसिआर परीक्षण गर्न नपार्ने भए पनि उनीहरूले परीक्षणको माग गरिरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । केही समूहले माग गरे पछि बाहिरबाट केही मानिसको समूह देखिए पनि ओपिडी सेवा अवरुद्ध नभएको प्रवक्ता डा. सापकोटाले बताए । उनीहरुसंग कुरा मिली सकेकोले त्यस्तो कुनै समस्या नभएको बताइएको छ ।