धरान : सुनसरीमा आइतबार पनि थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

इनरुवा नगरपालिकाको भगवती माविको क्वारेनटाइनमा बसेका दुई जना २७ र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरू दुवै जना भारतको उत्तर प्रदेश र दिल्लीबाट १ साता अघि क्वारेनटाइनमा आएको बताइएको छ । उनीहरूको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशाला कोसी अस्पताल विराटनगरमा गरिएको हो । उनीहरू इनरुवा २ र १० नम्बर वडावासी हुन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ जना बालिका ३ जना महिला सहित ३७ जना पुरुष गरी कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।