इटहरी : शुक्रवार साँझ कोसी टप्पुमा खुसीयाली छायो । आरक्षमा पालिएकी लक्ष्मीकलीले छावा जन्माएर आरक्षमा खुसीको माहौल भएको थियो । हात्तीले बच्चा जन्माउनु आरक्षको एउटा उपलब्धि र खुसी हुने ठुलो कारण हो । तर आरक्षमा लक्ष्मीकलिले ल्याइदिएको खुसी एक दिन पनि टिक्न सकेन ।

आरक्षमा पालिएकी लक्ष्मीकलिले जन्माएको छावा ६ जन्मिएको घण्टामै मृत्यु भयो । माहुतेहरूमा नयाँ सदस्य थपिएको खुसी धेरै बेर टिक्ने पाएन । बच्चा जन्मिएपछि विशेष स्याहार गर्न तरखरमा रहेका हात्तीसार शाखाको खुसी एकाएक हरायो ।जन्मिएको करिब ६ घण्टामै छावाको मृत्यु भएपछि यति बेला आरक्ष प्रति स्थानीयहरूले शंखा व्यक्त गर्न थालेका छन् । आरक्षमा चासो व्यक्त गर्ने स्थानीयतथा स्थानीय पर्यटन व्यवसायी जन्मिएको छावाले उचित स्वास्थ्य उपचार नपाएर मृत्यु भएको हुन सक्ने आशंखा व्यक्त गर्छन् ।

हुन त आरक्षमा प्रति गरेको स्थानीयहरूको शंखा पनि जायज हुन सक्ने आधार देखिन्छ । किनकि अहिले कोसी टप्पुमा हात्तीको हेरचाह गर्ने प्राविधिक छैनन् । त्यसैले स्थानीयहरूले आरक्षमा समयमा उपचार नहुँदा बच्चाको मृत्यु भएको दाबी छ ।पहिला आरक्षमा कार्यरत पशु स्वास्थ्य प्राविधिकको सरुवा भएपछि अर्को पशु प्राविधिक कोसी टप्पुमा आइपुगेका छैनन् । आरक्षको सङ्गठन संरचनामा हात्तीसार शाखा अन्तर्गत एक जना पशु प्राविधिकको दरबन्दी छ ।

तर सरुवा भएर गएपछि प्राविधिक नआएकाले क्षति भएको आरक्ष स्रोत कै कर्मचारी बताउँछन् । आफ्नो प्राविधिक नहुँदा लक्ष्मीकलीको बच्चालाई स्थानीय प्राविधिकबाट नै काम चलाऊ उपचार गरिएको थियो । जबकि हात्तीको उपचारमा तालिम प्राप्त र अनुभवी प्राविधिकको आवश्यक पर्ने हुन्छ ।

आरक्षले भने गर्भ परिपक्व नहुँदै बच्चा जन्माएकोले अकालमा ज्यान गएको हुन् सक्ने बताएको छ । आरक्षले सामान्यतया २२ देखि २४ महिनासम्ममा हात्तीले बच्चा जन्म दिनुपर्नेमा १३ वर्षको लक्ष्मीकलीले १६ महिनामै जन्म दिएकोले ज्यान एको हुन सक्ने तर्क दिएको छ ।