धरान : ईलाका प्रहरी कार्यालय धरानले  धरान -१७ स्थित किराना पसलबाट ग्याँस सिलिण्डर चोरी गर्दै बिक्री गर्नै युवकलाइ पक्राउ गरेको छ ।

श्रीप्रसाद राईको किराना पसलबाट पटक पटक सिलिण्ड चोरी भएर ४ वटा पुगेपछि रातभरी पसलमा नसुति राई जागा भएर बसेका थिए । हिजो राती करिब अढाई बजे राईले ग्याँस सिलिण्डर सहित युवक भेटेपछि ईलाका प्रहरी कार्यालय धरानमा धरान -९ का २३ बर्षीय पवन तामाङलाइ जाहेरी दिएका थिए ।

 गत शुक्रबार तामाङलाइ पक्राउ गरी आइतवार जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपसमेत भइसकेको धरानका इन्सपेक्टर हेमराज ओलीले जानकारी दिएकाछन । चोरी गरेका सिलिण्डहरु तामाङले सस्तो मुल्यमा बिक्री गरेको छिमेकीले बताउँछन । तामाङले  किराना पसलबाट ग्याँस सिलिण्डर चोरी गरेर भाग्ने क्रममा एकजनालाई कुटेर हातको औला सतेत काटिदिएका थिए ।

 तामाङ यसअघि २०७४ माघ २३ गते लागुऔषधसहित पक्राउ परेका थिए । त्यो बेला उनी धरान -८ कोशी राजमार्गबाट लागुऔषधसहित पक्राउ परेर मुद्दा दर्ता भएको र अदालतबाट धरौटीमा छुटेको पनि प्रहरीले जनाएको छ ।