धरान : धरान उपमहानगरपालिकाको क्वारेनटाइनमा अहिले विदेशबाट आएका १६ जना बसेका छन् ।

जेष्ठ १४ गते देखि सञ्चालनमा आएको धरान १७ को एन्फा एकेडेमीमा तयार गरिएको एन्फा क्वारेनटाइनमा जम्मा ५६ जना भर्ना भएका थिए । पहिलो लटमा ४५ जनाको पिसिआर परीक्षण नेगेटिभ आए पछि शनिवार ४१ जनालाई डिस्चार्ज गरी होम क्वारेनटाइनमा पठाइएको छ ।

बिहीबार यता आएका थप १३ जना अहिले थप विदेशबाट आएकाहरुलाई राखिएको छ । जस मध्ये भारतको आसामबाट आएका १ जना, भारतको पानीटंकीबाट आएका ६ जना, राजगिर विहारबाट आएका १ जना, लखनउबाट आएका २ जना, सिलोङ मेघालयबाट आएका २ जना, दुबईबाट आएका १ जना र पहिलो लटमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका सङ्क्रमितसँगै आएका र एउटै कोठामा बसेका ३ जना गरी ३ जना महिला सहित १४ जना पुरुष गरी अहिले क्वारेनटाइनमा १६ जना रहेको क्वारेनटाइनका स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिएका छन् ।

धरान उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा क्वारेनटाइनलाई थप व्यवस्थित बनाउने क्रम जारी रहेको एन्फा क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष तथा १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले बताए ।