धरान : सप्तरी जिल्लामा गए राति फेरी १६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

सप्तरी जिल्लाको बालनविहुल गाउँपालिकाको रौतहट माविको क्वारेनटाइनमा बसेका १ महिला सहित १५ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनीहरूको स्वाबको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

सङ्क्रमितहरूको उमेर १२ वर्ष देखि ४५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
बालनविहुल गाउँपालिकामा मात्रै यो सँग कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ । सो गाउँपालिकामा १ सय ५१ जनाको स्वाबको नमुना परीक्षण गर्दा २७ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

सप्तरी जिल्लामा पछिल्लो सङ्क्रमितसँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए ।