धरान : सुनसरीमा सोमबार थप १ जनामा कोरोना पुष्टि भएको छ ।

कोसी क्वारेनटाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनको परीक्षण प्रादेशिक प्रयोगशाला कोसी अस्पतालमा गरिएको थियो ।

उनी भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ ।