धरान :  पछिल्लो २४ घण्टाको अवधिमा विभिन्न जिल्लामा ३ सय १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएका मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ३७६२ पुगेको छ ।