पथरी : भारतको विहारबाट लेटाङ आएका २ जनामा कोरोना संक्रमण देखिएको हो । लेटाङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनीहरूलाई संक्रमणको पुष्टि भए सँगै मोरङको सुन्दर हरौचामा रहेको पुर्वान्चल विश्वविद्यालयको आइसोलेसन वाडमा राखिएको छ ।

लेटाङ नगरका प्रमुख शङ्कर राईका अनुसार उनीहरू जेठ १४ गते विहार वाट जोगवनी हुँदै लेटाङ आएका हुन् । दुवै जना पुरुष रहेका छन् । लेटाङ आएका उनीहरूलाई लेटाङ क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

आइतबार गरिएको पिसिआर परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पाइएको थियो । नगरप्रमुख राईका अनुसार उनीहरू लाई जोगवनी वाट लेटाङ सम्म ल्याउने सवारी साधनका चालकको पनि पिसिआर परीक्षणका लागी स्वाब सङ्कलन गरिएको छ ।

भारतमा रोजगारीका लागी पुगेका उनीहरूलाई जोगवनी नाकामा ल्याइएको थियो । सोही दिन लेटाङ ल्याइए पनि उनीहरू परिवारको प्रत्यक्ष सम्पर्कमा रहेका थिएनन् ।

लेटाङका २ जनामा कोरोनाको पुष्टि भए सँगै लेटाङ नगरपालिका छिर्ने नाका कडाइ गरिएको प्रमुख राईले जानकारी दिए । उनले भने ‘लेटाङ प्रवेश गर्ने चार वटै नाकामा कडाइ गरिएको छ, नाकामा प्रहरी,प्रहरी स्वयंसेवक लाई थप परिचालन गरिएको छ’।

लेटाङ क्वारेन्टाइमा भारतबाट आएका ११ जना लाई राखिएको छ । क्वारेन्टाइनमा रहेका सबैको पिसीआर प्रविधि वाट स्वाब परीक्षण गरिएको हो । जस मध्ये ९ जनाको परीक्षण नेगेटिभ पाइएको छ । नगरप्रमुख राईका अनुसार ९ जनालाई केही दिन मै क्वारेन्टाइन वाट बिदा गरिने भएको छ । नगरले पिसिआर किट खरिद गरेर परीक्षण गरेको हो ।

नगरपालिकाले नगरको सबै क्षेत्रलाई सिल गरेको भए पनि स्थानियवासीलाइ असहज भएपछि सिल खोलिएको राईले जानकारी दिए । २ हप्ता अघि कोरोना संक्रमण फैलिने भन्दै लेटाङलाई सिल गरिएको थियो । ३ दिन गरिएको सिल पछि भने लेटाङ बजार बिहान ११ बजे सम्म खोलिँदै आएको छ ।