धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना कोरोना सङ्क्रमित निको भएर आज घर फर्किएका छन् ।

उनीहरूको स्वास्थ्य प्रोटोकल अनुसार कोरोना सङ्क्रमित भएर उपचारका लागि भर्ना भएको र पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आएकोले उनीहरूलाई डिस्चार्ज गरिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनीहरूको उमेर समूह १८ देखि ५६ वर्षका पुरुषहरू रहेको र सबै झापा जिल्लाको रहेको जानकारी दिइएको छ । प्रतिष्ठानमा अव ५५ जना कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको र उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।