धरान : सप्तरी जिल्लामा पछिल्लो पटक फेरी १३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार पछिल्लो थपिएकाहरूमा राजविराज नगरपालिकाको वडानं १,११,१३ र ९ नम्बर वडामा गरी जम्मा १ महिला गरी ७ जना सङ्क्रमित थपिएका छन् । वडानं. १ का ३ जना पुरुष, वडानं. ११ का १ जना पुरुष, वडानं. १३ का २ जना पुरुष र वडानं. ९ का १ जना महिलामा कोरोना पुष्टि भएको हो ।

यसै गरी कन्चनरुप नगरपालिकाको ६ नम्बर वडामा पनि थप दुई जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यसै गरी छिन्नमस्ता गाउँपालिकामा पनि १ महिला सहित ३ जना पुरुष गरी जम्मा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छ ।

उनका अनुसार सप्तरीमा पछिल्लो थपिएका १३ जना सहित कुल सङ्क्रमितको सङ्ख्या १ सय ६ पुगेको छ । सङ्क्रमित जति सबै जना क्वारेनटाइनमै रहेका छन् । उनीहरू सबै भारतबाटै आएका हुन् ।