धरान : २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा ३ सय २३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै सङ्क्रमितको कुल सङ्ख्या ४०८५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ सङ्क्रमित २९२ पुरुष र महिला ३१ गरी जम्मा ३२३ सङ्क्रमित थपिएका हुन् ।