झापा : दमक उद्योग वाणिज्य संघले दमक नगरपालिकालाई बिभिन्न कर छुट लगायतका बिषयमा ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठ, प्रथम उपाध्य राजु खड्का पुर्व अध्यक्ष प्रकाश प्रसाई, नेपाल घरभेटी संघका प्रतिनिधी,नेपाल घरवहाल उपभोक्ता हकहित संघका प्रतिनिधी सहीतको टोलिले मंगलवार नगरपालिकाकी उप मेयर गिता अधिकारीलाई सो ज्ञापन पत्र बुझाएको हो ।

संघले बुझाएको ज्ञापनपत्रमा सम्पति कर,व्यवसाय कर एवं घरवहाल कर छुट तथा बैंक तथा वित्तिय संस्थाहरुवाट लिएको ऋणको वैक व्याजदर शैक्षिक शुल्क, विद्युत,खानेपानी, टेलिफोन महशुलमा छुट लगायतका बिषय उल्लेख गरीएको दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।